expr:class='"loading" + data:blog.mobileClass'>

Thursday, May 3, 2012

क्रिकेट संघ द्वारा प्रथम पटक खेलाडीहरुलाई मासिक भत्ता वितरण तथा खेलाडी कल्याणकोष स्थापना



Birat Raya , Nepali Cricket , Nepali Cricket News



नेपाल क्रिकेट संघले इतिहासमै पहिलो पटक रास्ट्रिय क्रिकेट खेलाडीहरुलाई मासिक भत्ता वितरण तथा १० लाख रुपैयाको खेलाडी कल्याण कोष स्थापना गरेको छ  ।

काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच क्यानले खेलाडी प्रोत्साहन स्वरूप भत्ता वितरण गर्नुका साथै सोहि कार्यक्रममा खेलाडी कल्याण कोष स्थापना गरेको पनि जानकारी दिएको हो ।
क्यानले २०६८ कार्तिक ३० गते खेलाडीहरुलाई मासिक भत्ता दिने निर्णय गरे पनि अहिले सम्म खेलाडीले उक्त भत्ता पाएका थिएनन् ।
नक्साल स्थित होटेल क्राउन प्लाजामा आयोजित कार्यक्रममा क्यानले खेलाडीहरुलाई मासिक ५ हजार वितरण गर्यो ।
 ACC T20 र T20 विश्वकप छनौट प्रतियोगिता दुवै खेलेका खेलाडीहरुलाई ६ महिनाको भत्ता वितरण गरियो भने , दुइ मध्य एक मात्र प्रतियोगिता खेलेका खेलाडीहरुलाई ३ महिनको भत्ता वितरण गरियो  ।

यस्तै क्रिकेट संघले गत बर्ष आएरल्याण्डमा सम्पन्न उन्नाइस बर्ष मुनिको विश्वकप छनौट प्रतियोगिता खेल्ने  खेलाडी तथा विश्वकप छनौटमा पर्ने खेलाडी तथा अफिसिअललाई जनही १० हजार रुपैयाले सम्मान गरेको छ  ।
रास्ट्रिय क्रिकेट खेलाडी बिनोद दास भन्छन
" पहिले हामीले दिनको २५ रुपैया पाउथ्यौ , अहिले ५ हजार , क्रिकेटमा केही भएको छ ।"

धेरै नेपाली क्रिकेट प्रेमीहरुले  क्यानको कामको स्वागत गरेका छन् र एसको निरन्तरताको कामना गरेका छन् , भने कसैले क्यानको यो भन्दा धेरै काम हुनु पर्ने कुरामा जोड दिएका छन् ।

सफलता पाए पनि , सफलता अनुसारको सुबिधा पाउन नसकेका नेपाली क्रिकेट खेलाडीहरुलाई केहि भने पनि क्रिकेट संघको यो कामले राहत महसुस भएको छ भने , क्रिकेट संघले पनि लगातार हुदै आएको आलोचनालाई केहि भने पनि साम्य पार्ने काम गरेको छ  ।
क्यानले स्वागत योग्य काम गरे पनि , यसैमा सन्तुस्ट हुने अवस्था भने छैन ।
क्रिकेट संघ सामु खेलाडीहरुलाई व्यबसाइक बनाउने चुनौती एक तिर छ भने , नेपाली क्रिकेटको भौतिक संरचनामा परिवर्तन पनि ल्याउनु अर्को तिर छ  ।
अब उपत्यका बाहिर पनि क्रिकेटको माहोल बिकाश गर्नमा क्यानले आफ्नो पुरा ध्यान पुर्याउनु अत्यन्त जरुरि छ भने घरेलु क्रिकेटको संरचना परिवर्तन गर्नु क्यानले जोड दिन्छ या दिदैन त्यो भने हेर्न बाँकि छ ।





No comments: